गौहत्या विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

२३ भाद्र २०८०

२३ भाद्र, स्वच्छखबर, काठमाडौं। गौहत्याको विरोधमा बैदिक सनातन धार्मिक महासंघ तथा ओमकार परिवारले काठमाडौंमा प्रदर्शन गरेको छ । धरानमा भएको गौहत्याको विरोधमा आज उनीहरुले काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘गौ हत्यारालाई कारबाही गर’, ‘धार्मिक सद्भाव कायम गर’, ‘हिन्दु, बुद्धिष्ट किरात हाम्रो भाई ’, ‘राष्ट्रिय जनावर हाम्रो गाई’ लगायतका प्लेकार्ड र नारा सहित शान्तिपूर्ण र्‍याली गरेका थिए ।

गत साउनमा धरानमा गोरु काटेर सार्वजनिक भोज आयोजना गरी सामाजिक सञ्जालमा भिडिओ हालिएपछि त्यसमा संलग्नलाई कारबाहीको माग हुँदै आएको छ ।