गोदावरी खोला सरसफाई अभियानको २३८ औं हप्ता: कर्मनासामा फोहोर फ्याक्ने कार्य रोकिएन

२३ भाद्र २०८०, शनिबार २३:२४

२३ भाद्र, स्वच्छखबर, गोदावरी । अभियान्ताहरुले खोला सरसफाईको अभियान जारी राखे पनि खोलामा जथाभावी फोहोर फ्याक्ने कार्य रोकिएको छैन । पछिल्लो समय गोदावरीको कर्मनासा खोलामा फोहोर बढ्दै गएको देखिन्छ । सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन् ।

अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा नदीमा गएर सफाइ गरे पनि फोहर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण अझै पनि गरेका छैनन् । गोदावरी खोला खोला क्षेत्र सरसफाइ अभियानको २ सय ३८ औं हप्ताको सचेतनामुलक सरसफाई आज कर्मनासा खोलामा विभिन्न कार्यक्र गरी मनाईएको छ । खोला सरसफाइसँगै सचेतनामुलक सरसफाइ कार्यक्रम, खोला संरक्षण तथा वृक्षारोपण गरिएका विरुवाको निरिक्षण समेत गरिएको अभियानकी संयोजक बेबी राजभण्डारीले जानकारी दिइन् ।

विगतभन्दा केही प्रतिशत फोहोर फ्याक्ने कार्य कमी आए पनि खोलामा जथाभावी फोहोर फ्याक्न नरोकिएकाले आगामी दिनमा स्थानीय सरकारको सहयोगमा फोहोर फ्याक्ने व्यक्तिको पहिचान गरि कारवाही गर्नुपर्ने अवस्था आएको संयोजक राजभण्डारी बताउँछिन् । आज सरसफाइका क्रममा कर्मनासा खोलामा मरेको कुकुर, पुरानो कपडा, पूजा गरिसकेपछिको सामाग्रीलाई जानिबुझी खोलामा ल्याएर फ्याकिएको अवस्थामा भेटिएको उनले बताईन् ।

आजको सचेतनामुलक अभियानमा गोदावरी अभियन्ताहरु नारायणी पाण्डे , गोपि कार्की ,द्रोपती श्रेष्ठ , गिता पुतवार, श्री कुमारी महर्जन , सुबास बस्नेत , कुमार खड्का ,ज्यापु पुतवार लगायत अन्य स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.