ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

२४ भाद्र २०८०

२४ भाद्र, स्वच्छखबर, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सबै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड २६ लाख धरौटी माग गरेको छ ।

त्यस्तै, अदालतले कलाधर देउजासँग १५ लाख, विनोद पौडेलसँग १५ लाख, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, लोकरि घिमिरेसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग् ७ लाख ५० हजार, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, शिवजी भट्टसँग ३ लाख ३० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार र सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

अदालतले केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको मुद्दा भदौ १० गते मुद्दा दर्ता गरेको थियो । सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो । यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो ।