नागरिक आवाजको चौधौं वार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम सम्पन्न

२४ भाद्र २०८०, आईतवार २२:०९

२४ भाद्र, स्वच्छखबर,  काठमाडौं । नागरिक आवाज संस्थाको चौधौं वार्षिक साधारण सभा तथा तिजको दर कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गरी संस्थाको वार्षिक साधारण सभा तथा तिजको दर खाने कार्यक्रम सम्पन्न गरिएको हो ।

विशेषगरी निम्न वर्गका श्रमीक महिला दिदिबहिनिहरुलाई एक दिन भएपनि मनोरञ्जनका साथै सम्मान गर्नेे उद्धेश्यले आयोजित कार्यक्रममा जेष्ठनागरिक आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले महिलाहरुको महान पर्व तीजको शुभकामना दिँदै आफ्नो छोरासँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकासको साथै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग हुने बताईन् । तीज भड्किलो तरिकाले मनाउन नहुनेसमेत उनले बताईन् ।

अध्यक्ष कोइरालाले संस्थाले गरेको कार्य एकदमै राम्रो भएको बताउँदै आगामी दिनमा महिला तथा बालबालिकाका क्षेत्रमा समाजमा कसरी रहने, कसरी सक्षम बन्ने जस्ता कुराहरुलाई ध्यान दिई काम गर्न संस्थालाई सुझाव समेत दिईन् । यस्तै, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नबराज भट्टराई र वडा नम्बर १२ का वडा अध्यक्ष शम्भू प्रसाद भट्टराईले पनि संस्थाले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा अझै प्रगती गर्न उर्जा मिल्नेमा विश्वास व्यक्त गरे । साथै, उनीहरुले महिला दिदिबहिनीहरुलाई तिजको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानका साथै प्रमाणपत्रहरु पनि वितरण गरिएको थियो। संस्थाकी अध्यक्ष रीता रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सह कोष्ध्यक्ष प्रकृति पाण्डेले स्वागत मन्तव्य रोखेकी थिईन् । संस्थाकी रानामगरले महिलाको शसक्तिकरणको शुरुवात आफ्नै घर टोलबाट गर्नु पर्छ भन्ने मान्यताका आधारमा महिला दिदीबहिनीको क्षमता विकास र शसक्तिकरणका लागि काम गर्ने उदेश्यले स्थापना भएको संस्थाले सबैसंग सहकार्य गरी विभिन्न कार्यक्रहरु गर्न तयार रहेको बताईन ।

यस्तै, बरिष्ठ उपाध्यक्ष सुनिता भट्टराईले सञ्चालन गरेकी कार्यक्रममा हास्य कलाकार राम चन्द्र अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थाका प्रमुख सल्लाहकार राखिन्द्र कुमार थिङ्ग, सदस्यहरु लगायत महलिा दिदिबहिनीहरुको उपस्थित रहेको थियो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.