सुवास नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

२६ भाद्र २०८०, मंगलवार १९:०८

२६ भाद्र, स्वच्छखबर, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।

यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.