१९ औं एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोली चीन प्रस्थान

१ आश्विन २०८०

१ असोज, स्वच्छखबर, काठमाडौं । चीनमा हुने १९ औं एसियन गेम्समा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फूटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोली आइतबार दिउँसो चीन प्रस्थान गरेको हो ।

नेपाली टोली २२ खेलाडीसहित चीन प्रस्थान गरको हो । नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले गर्दा मुख्य प्रशिक्षकका रुपमा नेपालका प्रशिक्षक बालगोपाल मर्हजन रहेका छन् ।

नेपाल, जापान, भियतनाम र बंगलादेश समुह ‘डी’ मा रहेका छन् । १९ औं एसियन गेम्स अन्तर्गत महिला फुटबल सेप्टेम्बर २१ बाट सुरु हुने छ । नेपालले पहिलो खेल २२ सेप्टेम्बरमा भियतनामसँग खेल्दैछ । दोस्रो खेल २५ सेप्टेम्बरमा जापानसँग र तेस्रो खेल २८ सेप्टेम्बरमा बंगलादेशसंग खेल्नेछ ।