प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

३ आश्विन २०८०, बुधबार १२:०९

३ असोज, स्वच्छखबर,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री प्रचण्डले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.