गायिका शर्मिलाको ‘याद आउँछ आउँदैन’ (भिडियोसहित)

७ आश्विन २०८०

७ असोज, स्वच्छखबर, काठमाडौँ । सर्जक तथा गायिका शर्मिला तामाङको नयाँ कोसेली ‘याद आउँछ आउँदैन’ बोलको गीतिभिडियो बजारमा आएको छ ।

गायिका शर्मिला र गायक प्रकाश तामाङ टिटुङको युगल आवाज रहेको गीतमा शब्द रचना संगीत गायिका शर्मिलाको आफ्नै रहेको छ भने मनिस लामाले संगीत संयोजन गरेका हुन् । सो गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको गायिका तामाङले बताइन् ।

गीतमा राजेश श्रेष्ठको रेकर्डिङ र अर्पण थिङको मिक्सिङ रहेको छ । सह कोरियोग्राफी अमर रावलको रहेको गीतको भिडियोलाई सरिता प्रजापतिको मेकअप रहेको छ । मनोज कार्कीले सम्पादन गरेको गीतको भिडियो प्रकाश खड्काले खिचेका हुन् ।

उक्त भिडियोमा दिलिप ओखेडा, संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ । उक्त गीतको भिडियो गायिका तामाङको आफ्नै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।