प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओबीच भेटवार्ता

८ आश्विन २०८०

८ असोज, स्वच्छखबर, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजी बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान उनीहरुबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री भेटवार्ता भएको हो । भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रशन्नता व्यक्त गरेका छन् । उनले नेशनल पिपुल्स कंग्रेस नेपालसँग सहकार्य गर्न तयार रहेकोमा जोड दिए ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।