एमाले बागमती प्रदेश अधिवेशनः कैलाश र कृष्णबीच प्रतिस्पर्धा, तीन जनाको उम्मेदवारी फिर्ता

११ आश्विन २०८०

११ असोज, स्वच्छखबर, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा बिहीबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् । बिहीबार चुनाव हुने भनिए पनि चुनाव अब शुक्रबार मात्र हुने कार्यतालिका सार्वजनिक भएको छ ।