नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छुः प्रधानमन्त्री

१४ आश्विन २०८०

१४, असोज, स्वच्छखबर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा यसपटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमणसमेत गरी फर्किएपछि आइतबार सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले दुवै भ्रमण सफल भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए । उनले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भाव अभिवृद्धि भएको समेत उल्लेख गरे ।

उनले भने, ‘नेपालको तर्फबाट संशोधन गरेको थिएँ । त्यहाँ नेपालको शान्ति प्रक्रिया र यसलाई ठोस निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तनबाट सिर्जित समस्या र त्यसको समाधानका लागि स्रोत विभाजनका विषयमा विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु गरिब मुलुकहरुको अर्थतन्त्रमा कोभिडसहितले अर्थतन्त्रमा पारेको प्रभाव र समाधानका विषयमा विश्व समुदायले गर्नुपर्ने कामका विषयमा राखेको छु ।’