बझाङ भूकम्प: दुई जना घाइते, केही भौतिक संरचनामा क्षति, सडक अवरुद्ध
१६ आश्विन २०८०
१६, असोज, स्वच्छखबर, सुदूरपश्चिम । सुदूरपश्चिममा मंगलबार दिउँसो दुई पटक गएको भूकम्पबाट बझाङमा क्षति भएको छ । जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर तथा विद्यालयमा क्षति पुगेको हो ।
भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकामा सरकारी कार्यालय, विद्यालय र घरहरु भत्किएका छन्। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ । यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ र दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प गएको हो ।
Post Views: 15
प्रतिक्रिया दिनुहोस्: