युईएफए च्याम्पियन्स लिगमा युनाइटेड र आर्सनल पराजीत

१७ आश्विन २०८०

१७, असोज, स्वच्छखबर, काठमाडौँ । युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल पराजीत भएका छन् । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेड गालाटासारेसँग ३-२ गोलले पराजीत भएको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा गालाटासारेलाई जीत दिलाउन विल्फ्रिड जाहा, क्रिम अक्टुर्कोग्लु र माउरो इकार्डीले समान एक-एक गोल गरे । युनाइटेडको लागि रास्मुस होज्लुन्डले दुई गोल गरे । खेलको १७ औं मिनेटमा रासफोर्डको क्रसमा होज्लुन्डले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा सान्चेजको पासमा जाहाले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

६७ औं मिनेटमा होज्लुन्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-१ गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा अक्टुर्कोग्लुले गोल गर्दै गालाटासारेलाई २-२ गोलको बराबरीमा ल्याए । यस्तै ८१ औं मिनेटमा सान्चेजको पासमा इकार्डीले गोल गर्दै गालाटासारेलाई ३-२ गोलको जीत दिलाएका हुन् ।

जीतसँगै गालाटासारे दुई खेलबाट ४ अंक जोड्दै समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट अंकविहिन युनाइटेड पुछारमा छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा आर्सनल लेन्ससँग २-१ गोलले पराजीत भएको हो । लेन्सलाई जीत दिलाउन एड्रिन थोमासन र एले वाहिले समान एक-एक गोल गरे । आर्सनलको लागि गाब्रियल जेससले एक गोल गरे ।

जीतसँगै लेन्स दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबात तीन अंक जोडेको आर्सनल दोस्रो स्थानमा झरेको हह ।