तीन करोड भन्दाबढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा दायर
१७ आश्विन २०८०
१७, असोज, स्वच्छखबर, काठमाडौँ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उनले महानिर्देशकको रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ । भाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए ।
Post Views: 17
प्रतिक्रिया दिनुहोस्: