यु–१९ एसीसी प्रिमियर कपका लागि खनालको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा

१७ आश्विन २०८०

१७, असोज, स्वच्छखबर, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ एसीसी प्रिमियर कपका लागि नेपाली नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले देव खनालको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टोलीमा थप चार बैकल्पिक खेलाडी पनि रहेका छन् । क्यानले घोषणा गरेको १६ सदस्यीय टोलीमा कप्तानका रुपमा देव खनाल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, उत्तम थापामगर, दिपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी आकाश चन्द, सुबास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।

त्यस्तै बैकल्पिक खेलाडीमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन् । नेपाल समुह ‘ए’ मा रहेको छ । नेपालको समुहमा बहराइन, साउदी अरेबीया र इरान रहेका छन् । प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।