सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील

१७ आश्विन २०८०

१७, असोज, स्वच्छखबर, काठमाडौँ। नेपाली कांग्रेसले बाँके घटनाले सामाजिक एकता र सद्भावनामा खलल् पुर्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपील गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल् पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपील गर्दछ।’