एसियाली खेलकुद : करातेमा नेपालले जित्यो ऐतिहासिक रजत पदक
२० आश्विन २०८०
२०, असोज, स्वच्छखबर, काठमाडौँ । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरूङले रजत पदक जितेकी छिन् । शनिबार ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा चित्त बुझाउन पुगिन् ।
सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।
एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत पदक जिताएकी हुन् ।
Post Views: 19
प्रतिक्रिया दिनुहोस्: