ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्व राज बज्राचार्य निर्वाचित

२१ आश्विन २०८०

२१ असोज, स्वच्छखबर, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्व राज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघकाे ४४ औं साधारण सभा एवं अधिवेशननबाट अध्यक्षमा व्यवसायी बज्राचार्य ६४६ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै, उनका निकटतम प्रतिष्पर्धी रुपकमान महर्जनले ५ सय ४२ मत र अध्यक्षमा विना प्यानल उम्मेदवारी दिएका रविन्द्रराज ताम्राकारले २ सय २८ मत पाएका थिए।संघको बरिष्ठ उपाध्यक्षमा सुसन महर्जन ७४८ मतले विजयी हुँदा उनका निकटम प्रतिश्पर्धी विरेन्द्रलाल श्रेष्ठले ६ सय ४४ मत पाए । यसैगरी, उद्योग तर्फका उपाध्यक्ष आपुलाल अवाले ७ सय २८ मतले विजयी हुँदा उनका निकटम प्रतिष्पर्धी सुरज बज्रचार्यले ६ सय ५१ मत पाएका थिए।
बाणिज्यतर्फ उपाध्यक्ष सुनिल शाक्य ७ सय ७४ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिपर्धी राकेशभक्त मुल्मीको मत ६ सय १० रहेको छ । यस्तै, संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जन विजयी भएका छन्।

संघकाे महासचिवमा भुमिनन्दन कर्माचार्यले ८६० मत ल्याएर विजयी भएका छन् भने कोषाध्यक्षमा राजु महर्जन ७ सय १९ मत पाएर विजयी भएका छन् ।
यसैगरी, कार्यसमिती सदस्यहरुमा अनिल महर्जन,गुणकेशरी ताम्राकार,प्रविण ताम्रकार, प्रविण बज्राचार्य,सजना श्रेष्ठ,सुदिक्षा डंगोल,प्रमशराज बज्राचार्य,प्रशम राज बज्राचार्य,बिक्रम बज्राचार्य,महेश्वरलालखोशी, राकेशराज बज्राचार्य र विमला शाक्य,उर्मिला श्रेष्ठ जोशी,सुजन बज्राचार्य,पूर्णबहादुर महर्जन र एशोसियट तर्फबाट रवि महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा विजयी गराउन मतदान गर्ने सम्पूर्ण उद्योगी, व्यवसायीप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष बज्राचार्यले सबैलाई समेटेर संघको नेतृत्व गर्ने बताएका छन् । यो विजय सम्पूर्ण उद्योगी व्यवसायीहरुको विजय भएको उनी बताउँछन् ।
You sent