भारतीय प्रधानमन्त्री मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रमा

२५ आश्विन २०८०

२५ असोज, स्वच्छखबर, काठमाडौँ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन्। प्रधानमन्त्री मोदी बिहीबार बिहान हेलिकोप्टरबाट नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका छन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ। कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै मोदीले कालापानी क्षेत्रमा तैनाथ मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने बताइएको छ ।