देशलाई बचाऔं, होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन्ः सञ्जय गौतम
२६ आश्विन २०८०
२६ असाेज, स्वच्छखबर,काठमाडौं । नेपाली कांग्रेस सांसद सञ्जय गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले संविधान र व्यवस्थाको विरुद्ध खतराको घट्टी बजिसकेकाले देशलाई निकास दिन कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका हुन् ।
उनले देशलाई बचाउन पनि सबै दल मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । देशलाई बचाऔं, होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन ।’
गौतमले प्रचण्ड नेतृत्वको सरकारबाट राम्रो परिणाम ल्याउन नसकिने बताए । उनले सबै जिम्मेवार भएर अघि नबढे दुर्घटनालाई कसैले रोक्न नसक्ने उल्लेख गरे ।
Post Views: 11
प्रतिक्रिया दिनुहोस्: