मणिपालमा चिकित्सकमाथि आक्रमण गर्ने दुई जना जेल चलान,सात जना धरौटीमा रिहा

२६ आश्विन २०८०, शुक्रबार २१:५५

२६ असाेज, स्वच्छखबर, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई जेल चलान गरिएको छ । गत असोज ८ गते अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा विभिन्र मितिमा पक्राउ परेका कास्की जिल्ला अदालतले विभिन्न मितिमा पक्राउ परेका ९ जनामध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकी ७ जना धरौटीमा रिहा गरेको छ ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनास गुरूङ,अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा रिहा गरिएको छ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.