कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

२८ आश्विन २०८०

२८ असोज, स्वच्छखबर,विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको लिएका छन् । आइतबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

कार्की एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आजै सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् ।

कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।