भारतको सहयोगमा इजरायलबाट थप १९ नेपालीको उद्दार

३० आश्विन २०८०

३० असोज, स्वच्छखबर, काठमाडौँ । इजरायलबाट थप १९ जना नेपालीको उद्धार गरिएको छ । हमासले आक्रमण गरेपछि स्वदेश फर्कन आवेदन दिएका थप १९ जनालाई सरकारले उद्धार गरेको हो । भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

उनीहरू भारत हुँदै नेपाल फर्कनेछन् । स्थानीय समयानुसार बिहान ९ बजे तेल अभिभबाट स्पाइस जेटमार्फत १९ नेपाली स्वदेश फर्कंदै गरेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू गौरीफन्टा नाका भएर कैलाली आइपुग्नेछन् ।उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँदिल्ली आइपुग्ने बताइएको छ।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।  इजरायलबाट यसअघि २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।
उद्धार गरिएका १९ नेपाली–
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ