लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा

३० आश्विन २०८०

३० असोज, स्वच्छखबर, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे ।
उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।