भारतको सहयोगमा इजरायलबाट उद्दार गरिएका नेपाली दिल्लीमा

१ कार्तिक २०८०

१ कार्तिक स्वच्छखबर, काठमाडौं । इजरायलबाट उद्धार गरिएका १८ नेपाली बुधबार बिहान भारत आइपुगेका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएको हो ।

उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी राजदूत शर्माले दिएका छन् । यसअघि पहिलो चरणमा सरकारले इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो ।