इजरायलमा मारिएका १० मध्ये चार विद्यार्थीको शव आइतबार नेपाल ल्याइने
३ कार्तिक २०८०

३ कार्तिक स्वच्छखबर,काठमाडौँ । इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका दशमध्ये चार नेपाली विद्यार्थीको शव आइतबार बिहान नेपाल आइपुग्ने भएको छ ।
तेल अबिबस्थित नेपाली दूतावासका अनुसार फ्लाइ दुबईको उडानबाट शनिबार शव नेपाल पठाउन लागिएको हो । शव कात्तिक ५ गते बिहान नेपाल आइपुग्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्: