राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको पूजा

५ कार्तिक २०८०

५ कार्तिक स्वच्छखबर,काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पलान्चोक भगवतीको पूजा गरेका छन् । उनी मन्दिर दर्शनका लागि आइतबार बिहानै पुगेका थिए । बडादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ ।

काभ्रेको पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।