यु-१९ प्रिमियर कपको उपाधि विजेता नेपाली टोली स्वदेश फिर्ता

९ कार्तिक २०८०

७ कार्तिक स्वच्छखबर,काठमाडौं । एसीसी-१९ वर्षमुनिको प्रिमियर कपको उपाधि विजेता नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

मलेसियामा भएको खेलमा नेपालले यूएईलाई हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाल, उपविजेता यूएई र तेस्रो भएको जापान एसिया कपमा छनोट भएका छन् । एसिया कप आउँदो डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।