गाजामा इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुग्यो

१० कार्तिक २०८०

१० कार्तिक स्वच्छखबर, गाजा । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजा विरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।

उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४०० जनाको ज्यान गएको छ ।