इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव पहिचान

१२ कार्तिक २०८०

१२ कार्तिक स्वच्छखबर,काठमाडौँ ।  इजरायलमा हमासको आक्रमणबाट मारिएका थप तीन नेपाली विद्यार्थीको शवको पहिचान खुलेको छ । पदम थापा, प्रवेश भट्टराई र राजन पराजुलीको शवको पहिचान भएएको हो ।

योसँगै हालसम्म ८ विद्यार्थीको शवको पहिचान खुलेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ । यसअघि ५ जना विद्यार्थीको शवको पहिचान भएको थियो । आक्रमणमा परी घाइते भएका ४ जना विद्यार्थीमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक जना नेपाल पुगिसकेका र एक जना दूतावासको हेरचाहमा रहेका दूतावासले जानकारी दिएको छ । साथै सम्पर्कविहीन विपिन जोशीको सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी खोजी कार्य जारी राखिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।