लागूऔषध कारोबारी पक्राउ गर्न गोठाटारमा प्रहरीले चलायो गोली

१५ कार्तिक २०८०

१५ कार्तिक स्वच्छखबर, काठमाडौँ । प्रहरीले काठमाडौँको गोठाटारमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारी भारतीय नागरिक मोहम्मद करिमलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीले करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको जानकारी दिए । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ ।