ठूला दलबाट नै अहिलेको व्यवस्था खतरामा रहेको रवि लामिछानेको आरोप

१६ कार्तिक २०८०

१६ कार्तिक स्वच्छखबर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलबाट नै अहिलेको व्यवस्था खतरामा रहेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभापति यो व्यवस्थामाथि ठूला दलबाट खतरा रहेको आरोप लगाएका हुन् ।

उनले ठूला दल प्रणाली जोगाउनभन्दा पनि आफ्ना मान्छे जोगाउन र छुटाउन लागिपरेको बताए । उनले भने, ‘व्यवस्था जोगाउने जनता छन् । तपाईंहरूबाट खतरा छ । यो व्यवस्था कसको कारण खतरामा छ, छुट्याउन जरुरी छ ।’

उनले संसदमा शीर्ष नेताको कुण्ठा मात्र चलेको बताए । यो अधिवेशनमा ६१ करोड १० लाख खर्च भए पनि सांसदको आवाज नसुनेको सरकारले जनताको आवाज सुन्न नसकेको उनले बताए ।