नेपाल र युएईबीचको खेलको टिकट ‘सोल्ड आउट’, घरमै बसेर खेल हेर्न क्यानको आग्रह

१७ कार्तिक २०८०

१७ कार्तिक स्वच्छखबर, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र युएईबीच आज हुने दोस्रो सेमिफाइनल खेलको टिकट सोल्ड आउट भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले खेलको सबै टिकट सोल्डआउट भएको जानकारी दिएको हो ।

नेपाल र युएईबीचको मुलापानी क्रिकेट मैदानमा बिहान ११ बजे शुरु हुँदैछ । दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेलको लागि क्यानले ३ हजार ५ सय टिकटमात्र बिक्रि गरेको थियो । अनलाइनबाट बिक्रि गरिएको सबै टिकट सोल्डआउट भएको क्यानले जनाएको हो । मैदानको गेटमा फिजिकल टिकट नरहेको क्यानले बताएको छ ।

यस्तै क्यानले घरमै टेलिभिजनमार्फत खेल हेर्न समर्थकलाई आग्रहपनि गरेको छ ।