नेपाल टी–२० विश्वकपमा छनोट, यूएई ८ विकेटले पराजित

१७ कार्तिक २०८०

१७ कार्तिक स्वच्छखबर, काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो ।

नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।