जाजरकोटमा भुकम्प :उपप्रमुख सिंहको मृत्यु,३० जना भन्दाबढीको ज्यान गयो,१५० बढी घाइते
१८ कार्तिक स्वच्छखबर, सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।
सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए । उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ३५ जनाको मृत्यु भएको छ भने १५० जना भन्दाबढी घाईते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमान गरिएको छ ।
रातको समय भएकाले भूकम्पले पुर्याएको क्षतिको यकिन विवरण आउन सकेको छैन । भुकम्पले अधिकांश घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र ठाउँ-ठाउँमा पहिरो खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: