साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपील समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् ।
कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: