भूकम्प प्रभावितका लागि राहत सामग्री लिएर आयो भारतीय वायु सेनाको विमान

१९ कार्तिक २०८०

१९ कार्तिक स्वच्छखबर,काठमाडौँ । पश्चिम नेपालका भूकम्पबाट प्रभावितलाई भारत सरकारले राहत पठाएको छ । राहत सामग्री बोकेर आएको भारतीय वायुसेनाको विमान आइतबार दिउँसो नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूकम्पपीडितलाई भारत सरकारले सक्दो सहयोग गर्ने बताएका थिए । भूकम्पबाट जाजरकोट र रूकुम पश्चिमसहित पश्चिम नेपालका जिल्ला प्रभावित भएका छन् । हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा बढी घाइते छन् ।