टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ दिने क्यानको निर्णय

२० कार्तिक २०८०

२० कार्तिक स्वच्छखबर,काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले विश्वकपमा छनोट हुने सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट भएको थियो ।

यस्तै संघले मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।