अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोडिने रुसी विदेश मन्त्रालयको चेतावनी

१ मंसिर २०८०

१ मंसिर स्वच्छखबर, रुस। रुसी विदेश मन्त्रालयले रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने जनाएको छ।

रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।

वाशिङ्गटनको रुसोफोबि गतिविधिका कारण सम्बन्ध विच्छेद हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ । यो रुसको छनोट नभई संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको विदेश मन्त्रालयले बताएको छ ।

वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ ।

अमेरिकी आधिपत्य र प्रभुत्वलाई ‘आधारभूत विश्वदृष्टिकोण’ मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्याइदिएको रुसको बुझाइ छ ।