आगलागीबाट धनगढीमा आठ पसलमा क्षति

२ मंसिर २०८०

१ मंसिर स्वच्छखबर,धनगढी । कैलालीको धनगढीमा भीषण लागालागी भएको छ। धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति आगलागी भएको हो । आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

सुरुमा अस्पताल नजिक रहेको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।

सुरक्षाकर्मी, स्थानीयबासी, धनगढी उपमहानगरको दुई वटा, गोदावरी नगरपालिकाको एउटा र पुनर्वास नगरपालिकाको दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।