पुल्चोकलगायतका क्षेत्र ६ महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा
५ मंसिर स्वच्छखबर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै ललितपुरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेका हुन् ।
प्रशासनले पुल्चोकस्थित मन्त्री निवास, यूएन हाउस क्षेत्रमा हुलहुज्जत, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको हो । आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेनिकट युवा संघको प्रदर्शनलाई लिएर हुन सक्ने सम्भावित दुर्घटनालाई टार्न प्रशासनहरूले निषेधित क्षेत्र तोकेको बताइएको छ । दुबै पक्षले मंसिर ७ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: