बिहीबार काठमाडौंमा सवारी लिएर निस्कनुअघि ट्राफिक प्रहरीसँग जानकारी लिन अनुरोध

६ मंसिर २०८०

६ मंसिर स्वच्छखबर, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार अत्यावश्यक कामबाहेक सवारी लिएर ननिस्किन अनुरोध गरेको छ । युवा संघ नेपाल र दुर्गा प्रसाईँ समूहले गर्ने कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुन सक्ने भन्दै महाशाखाले बुधबार सूचना जारी गरी निस्कनुअघि ट्राफिक व्यवस्थापनको बारेमा प्रहरीसँग जानकारी लिन आग्रह गरेको हो ।

महाशाखाले कार्यक्रमको स्वरूप हेरेर सडकमा सवारी जुनसुकै ठाउँमा पनि डाइभर्सन गर्न सक्ने जानकारी दिएको छ । बिहीबार युवा संघले काठमाडौंको तीनकुने र प्रसाईँ समूहले बल्खुमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।