घाँसीकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

१३ मंसिर २०८०

१३ मंसिर, स्वच्छखबर, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई रहेको र एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौलीस्थित रत्नहरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये रञ्जित परियारलाई थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ ।