डिजेल र पेट्रोलको मूल्य घट्यो

१४ मंसिर २०८०

१४ मंसीर स्वच्छखबर, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ ।