३० वटा दूरसञ्चार प्रदायकलाई सात दिनभित्र रोयल्टी बुझाउन प्राधिकरणको समयसीमा

१७ मंसिर २०८०

१७ मंसीर स्वच्छखबर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गरी सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

नियमानुसार रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात दिनभित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो । साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने बताएको छ ।