आगामी जेठ जेठ ३ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

१९ मंसिर २०८०, मंगलवार १५:५२

१९ मंसीर स्वच्छखबर, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो । तर, राष्ट्रिय सभा निर्वाचन परेकाले माघमै महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरिएको खतिवडाले बताएका छन्।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.