एनसेल प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

१९ मंसिर २०८०, मंगलवार १८:२८

१९ मंसीर स्वच्छखबर, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ रूपैयाँ घोटाला भएको हुनसक्ने बताएका छन् ।

मंगलबार ओखलढुंगामा भएको पार्टीको जिल्ला सम्मेलनमा महामन्त्री थापाले सरकारमा सहभागी सरकारले यो प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ । प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ । कांग्रेस संलग्न भएको सरकारले जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको होस्, उसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ ।’

उनले अब अर्थ मन्त्रालयको खाता पल्टाएर मात्र बस्ने अवस्था नभएको बताए ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.