सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार

२० मंसिर २०८०, बुधबार ११:०१

२० मंसीर स्वच्छखबर, काठमाडौँ ।  सुनको भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

विवाहको सिजन भए पनि सुनचाँदीको कारोबार खासै नभएको व्यापारीले बताएका छन् । सिजनका बेला सुनको दैनिक माग ५० किलोसम्म हुने गरेकोमा अहिले कारोबार घटेको हो । पहिला हुने कारोबारको तुलनामा अहिले दैनिक १५र२० किलो मात्रै सुनको कारोबार हुँदै आएको छ ।

 

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.