सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

२१ मंसिर २०८०

२१ मंसीर स्वच्छखबर, काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सिग्देल रथी भएसँगै उनी यसपछि प्रधानसेनापति हुने टुंगो लागेको छ । त्यस्तै बैठकले सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गरेको छ ।