एनसेलको शेयर बिक्री प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन

२१ मंसिर २०८०, बिहीबार १२:२९

२१ मंसीर स्वच्छखबर,काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

समितिका सदस्यमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिलाई एनसेलको शेयर खरिद बिक्री प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.